हुम्ला । जनता समाजवादी पार्टी (जसपा) हुम्लाले संगठन सुदृढीकरण तथा जनजागरण ‘सुज’ अभियान सञ्चालन गरेको छ । समाजवादी पार्टीले आजबाट चार महिनासम्म नियमित रुपमा ‘सुज’ अभियान सञ्चालन गर्ने जनाएकाे छ ।
पछिल्लो समय देशमा राजनीतिक अस्थिरता बढेकाे तथा सरकार पनि दिगो हुन नसकेपछि केन्द्रीय निर्देशन अनुसार जिल्ला कमिटी हुम्लाले उक्त कार्यक्रम सञ्चालन गरेकाे जसपाका जिल्ला सचिव भैरवबहादुर शाहीले बताए ।
अभियानमा जिल्ला पार्टी कमिटीले प्रत्यक्ष कार्यकारिणी राष्ट्रपति प्रणालीको व्यवस्था गर्नु पर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली व्यवस्थापन गर्नुपर्ने माग राख्दै उक्त अभियान थालिएकाे जिल्ला अध्यक्ष धर्मराज बोहराले बताए । सिमकोट बजारमा र्याली निकाल्दै उक्त अभियानकाे सुरुवात गरिएकाे बाेहाेराले जानकारी दिए ।
जसपाका केन्द्रीय सदस्य विर्जन शाहीको प्रमुख आतिथ्यमा संचालन भएकाे अभियान गाउँ तथा टोलहरूमा पनि सञ्चालन गर्ने जनाइएकाे छ ।