इन्टरनेट नहुँदा दुर्गममा खटिएका सुपरिवेक्षकलाई जनगणनामा समस्या | ईमाउण्टेन समाचार

Our Network

पुष १७ २०८१, बुधवार

इन्टरनेट नहुँदा दुर्गममा खटिएका सुपरिवेक्षकलाई जनगणनामा समस्या

सिमकोट । हुम्लाका दुर्गममा खटिएका सुपरिवेक्षकलाई जनगणनामा समस्या भएकाे छ । 

गणनामा परिचालन भएका सुपरिवेक्षकले मोबाइल एप प्रयोग गर्नुपर्ने भए पनि टेलिफाेन र इन्टरनेटका कारण समस्या भइरहेकाे राष्ट्रिय जनगणना कार्यालय हुम्लाका प्रमुख विनाेद भट्टले जानकारी दिए ।

३० भदाैमा २३ सुपरिवेक्षक खटिएका छन् । तर, हालसम्म दुई जनाले मात्र माेबाइल एपमा एउटा-एउटा वडाको अद्यावधिक विवरण अपलोड गरेको उनले बताए ।

बाँकी सुपरिवेक्षकसँग टेलिफाेन सम्पर्क हुन सकेकाे छैन ।

१८ असाेजसम्म पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना भइरहेकाे छ । सुपरिवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सोध्ने काम जारी रहेको भट्टले बताए ।

सूचीकरणका लागि अदानचुली,ताँजाकोट, चंखेली र खार्पुनाथ गाउँपालिकामा तीन जनाका दरले सुपरिवेक्षक खटाइएको छ । सर्केगाडमा चार जना, सिमकोटमा पाँच जना र नाम्खा गाउँपालिकामा दुई जना गरेर २३ जना सुपरिवेक्षक खटाइएको छ ।

२०६८ को जनगणना अनुसार जिल्लाभर घरपरिवारको संख्या ९ हजार ४ सय ७९ थियो । जिल्लाको जनसंख्या ५० हजार ८ सय ५८ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);