विधान महाधिवेशनबारे तयारी गर्न एमाले केन्द्रीय कमिटीको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

विधान महाधिवेशनबारे तयारी गर्न एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल गर्न नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) देखि सुरु हुँदै छ।

विहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा १५ देखि १७ असोजसम्म हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने तामाङले जानकारी दिए ।

यस्तै विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी बैठकले पारित गर्ने पनि तामाङले जानकारी दिए । 

Leave a Reply