काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसको विभाजन भई २००८ सालमा गठन भएको तराई कांग्रेसले मधेसवादी राजनीतिको थालनी गर्यो। तर उक्त दल पनि केही बर्षमै समाप्त भयो। लामो समयको अन्तरालपछि २०४६ सालबाट मधेस केन्द्रीत दल नेपाल सद्भावना पाटीको विस्तार भयो। तर अहिले सदभावना पार्टी पनि समाप्त भएर सदभावनाका नेताहरु राष्ट्रिय राजनीतिको दौडमा लागेका छन्।
पहिलो मधेस आन्दोलनबाट ‘मधेस’ शब्द राखेर उपेन्द्र यादवसहितले राजनीति सुरु गरे पनि पछिल्लो समय यादव पनि राष्ट्रिय राजनीतिक दौडमा छन् । मधेसवादी मानिएका प्रमुद दुई दलले पार्टीको नामबाट मधेस शब्द हटाउनका साथै विधानमा पनि राष्ट्रिय पार्टीका रुपमा आफूलाई चित्रण गरेका छन् ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचन अगागि नेपाली कांग्रेस छाडेर मधेशवादी राजनीतिमा होमिएका विजय कुमार गच्छदार दश वर्षपछि पुन माउ पार्टीमै विलय भएका छन्। मधेसवादी राजनीतिक दलमा परिवर्तनसँगै मधेसवादी दलका नेताहरु पनि ‘वाद’ र संगठन परिवर्तनमा होमिएका छन् । जसले गर्दा मधेसवादी राजनीतिसँगै मधेसवादी नेताहरु पनि धरापमा परेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र राप्रपाबाट कयौं मधेसी मुलका नेतारु मधेसवादी राजनीतिमा आए । तर संविधान निर्माणदेखि कार्यान्वयनसम्ममा आउँदा अधिकांश नेताले मधेसवादी राजनीतिलाई त्यागेका छन्। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।




