एनआरएनए निर्वाचन २० अक्टोबरमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

एनआरएनए निर्वाचन २० अक्टोबरमा

एजेन्सी । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन २० अक्टोबरमा हुने भएको छ । संघको निर्वाचन समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी २० अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने तयारी भइरहेको जनाएको हो ।

संघ निर्वाचनको आन्तरिक तयारीमा गत जुलाईदेखि नै जुटिरहेको छ । जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरूलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोबरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को अनलाइन निर्वाचन गर्ने तयारी गरेको हो ।

‘निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रीय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको उल्लेख छ’,  समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);