काठमाडाैं । नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले आफ्नो केन्द्रीय पार्टी कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।
मिन भवनमा पार्टी अध्यक्ष माधव कुमार नेपालले शुक्रबार बिहान रिबन काटेर पार्टी कार्यालयको उद्घाटन गर्दै औपचारीक रुपमा नेकपा समाजबादीको पार्टी कार्यालयको स्थापना गर्नु भएको हो ।
१५ वटा कोठा रहेको ४ तला रहेको उक्त घरलाई मासिक तीन लाख २५ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिईएको छ । कार्यालयको उद्घाटन समारोहमा उपत्यका भित्र रहेको नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो ।