ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् ।  

काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतामाथि सत्ताको दुरुपयोग गरेर बल प्रयोग गरिएको भन्दै आपत्ति जनाए । 

‘जनतमाथि सरकारले सत्ताको दुरुपयोग गरेर बल प्रयोग गरेको छ’, ओलीले भने, ‘जनतालाई उत्तेजित बनाउने कार्य नगर्नुस्, प्रतिकारमा उत्रने अवस्था नआओस् ।’ 

आफ्नो शासनकालमा जनताकोमाथि बल प्रयोग नभएको दाबी गरेका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले सरकारले जनताको विरोध प्रदर्शनमा बल प्रयोग गरेको आरोप लगाए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);