एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा

काठमाडौं । राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज सोमबार राजधानी काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन् । गत शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीन/चार वर्षअघि सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भन्दै सरकारले एमसिसीजस्तो राष्ट्रघाती प्रोजेक्टलाई संसदबाट पास गर्ने चलखेल गरिरहेको आरोप लगाएका थिए ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आइतबार अमेरिका फर्किसकेकी छन् । उनको नेपाल भ्रमणको क्रममा पनि काठमाडौंसहितका सहरमा प्रदर्शन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);