काठमाडौं । प्रतिनितिसभाको बैठक सुरु भएकाे छ । बैठककाे सुरुमै एमाले सांसदहरूले नाराबाजी गरेर अवरोध सृजना गरिरहेका छन् । यसअघि दुई दिनका बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले जारी बैठकमा पनि अवरोध सृजना गरेका हुन् ।
आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्नेबित्तिकै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् ।