उद्योगहरुसंग समन्वय गरेर उखु किसानको भुक्तानी दिलाउँछु : मन्त्री शाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

उद्योगहरुसंग समन्वय गरेर उखु किसानको भुक्तानी दिलाउँछु : मन्त्री शाही

बिमल क्षेत्री ,

रुपन्देही । लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीले उद्योगहरु संग संवन्य गरेर उखु किसानको भुक्तानी दिलाउने दावि गर्नुभएको छ ।

मन्त्री शाहीले किसानहरुले दुःख गरेर उखु उत्पादन गर्ने र सोही उत्पादित उखुहरु चिनी उद्योगहरुले खरिद गरेको भएपनि भुक्तानीको समस्या देखिएकोले उद्योगहरु संग संवन्य गरी भुक्तानी गराउन सहिजिकरण गर्ने बताउनुु भएको हो ।

शुक्रवार आफ्नो गृह जिल्ला नवलपरासी पुग्नु भएका मन्त्री शाहीले उद्योगहरु कोरोना महामारीका कारणले निकै समस्यामा रहेको औँल्याउदै लुम्बिनी प्रदेश सरकारले उद्योगीको समस्या समाधानमा समेत विशेष पहल गर्ने बताउनु भएको छ ।

उनले प्रदेशभरी विशेष क्षेत्रको पहिचान गरी औद्यौगिक ग्रामहरु निर्माण गर्ने बताउँदै नवलपरासी जिल्लालाई औद्यौगिक ग्राम निर्माणको प्राथमिकतामा राख्ने दावि गर्नुभयो ।
मन्त्री शाहीको गृह जिल्लामा उहाँलाई भव्य स्वागत गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);