काठमाडौँ, १५ कार्तिक । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल विस्तार आयोजनाको काम रोकिएको एक बर्षपछि पुनः सुरु हुने भएको छ।गत बर्ष आयोजनाको ठेक्का पाएको स्पेनी कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेसंग ठेक्का सम्झौता तोडिएपछि विस्तारको काम ठप्प भएको थियो।
विमानस्थल विस्तारको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ कम्पनी साङ्सी कन्सट्रक्सन्ले काम अगाडी बढाउने भएको हो।
नागकिर उड्डयन प्राधिकरणअन्र्तगत रहेको त्रिभुवन अन्र्तराष्ट्रिय हवाई क्षमता विस्तार आयोजनाले पहिलो चरणमा १ अर्ब २९ करोड रुपैयाँ लागतको टर्मिनल भवन र धावनमार्ग विस्तारको कार्यको लागि चिनियाँ कम्पनीसंग ठेक्का सम्झौता गरेको छ। आजको कारोबार दैनिकमा खबर छ।