एजेन्सी । भारतमा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा एक जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् ।
आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना बोकेको डुंगा अर्को डुंगासंग ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा ४२ जनालाई सकुशल उद्धार गरिएको र केही नदीमा डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् ।
जोरहाटबाट आउदै गरेको डुंगा विपरित दिशाबाट आईरहेको डुंगासंग ठोक्किएको बताइएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दूर्घटनामा परेकाहरुको उद्धार र हराईरहेकाहरुको खोजी तीव्र पार्न निर्देशन दिनुभएको छ ।