फाइल फोटो
काठमाडौं । राष्ट्रिय सभाको बुधबारको बैठकमा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस हुने भएको छ ।
संघीय संसदको नवौँ अधिवेशन सुरु भएकै दिन बुधबार सो अध्यादेश पेस हुने भएको हो । यसअघि बुधबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।
सो बैठकपछि सार्वजनिक गरिएको राष्ट्रिय सभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा सो अध्यादेश र संविधान सभा सदस्य जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।
यसअघि बैठकको सुरुमै अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा वाचन गरेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।