काठमाडौं । पपुवा न्युगिनी ९पिएनजी० विरुद्ध नेपालले चौथो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले चौथो विकेट लिएका हुन् । कुशलले ३८ बलमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् ।
यस अघि नेपालका लागि तिब्र गतिका बलर विक्रम सोबले डेब्यु खेलमै २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका थिए । यसअघि पहिलो बलमै विक्रमले पिएनजीका ओपर ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गराएका हुन् । बिक्रमले दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए ।
दोस्रो विकेट लिने क्रममा विक्रमले पिएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए । सन्दीपले २३ बलमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शैखको हातबाट आउट गराएका हुन् ।
यसअघि टस जितेर पिएनजीले ब्याटिङ रोजेको थियो । १३ ओभरको समाप्तीमा पिएनजीले ४ विकेट गुमाएर ५९ रन बनाएको छ ।
पिएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यू गरेका छन् । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, करण केसीलाई आराम दिएको छ ।
दुई खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।
नेपालले त्रिदेशीय शृंखलामा २८ भदौमा अमेरिका, २९ भदौमा ओमान, १ असोजमा अमेरिका र २ असोजमा ओमानसँग खेल्नेछ ।