काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रति तोलामा एक सय रुपैँयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोलामा एक सय रुपैँयाले घटेर ९१ हजार ४ सय रुपैँया निर्धारण गरिएको छ । यसअघि आइतबार सुन प्रतितोलाको ९१ हजार ५ सयमा कारोबार भएको थियो ।
सोमबार सुनको मूल्यमा झिनो गिरावट आएको बेला चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार एक हजार २ सय ३० मा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि एक हजार २ सय ३० नै रहेको छ ।