काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई संघीय संसद सचिवालयले कार्यालय उपलब्ध गराएको छ ।
नेकपा एमालेबाट विभाजित भई हालै नेपालले गठन गरेको नेकपा एसलाई संघीय संसद भवन सिंहदरबारमा कार्यालय उपलब्ध गराएको हो ।
नेकपा एसका सांसद जीवनराम श्रेष्ठका अनुसार संघीय संसद भवन नम्बर १ को दोस्रो तल्लामा नेपालका लागि अलग्गै कार्यालयको पनि व्यवस्था गरिएको छ ।
पार्टीको चुनाव चिन्ह निक्र्यौल गर्न नसकेको नेकपा एसको पार्टी कार्यालय भने अझै पनि टुंगो लागिसकेको छैन । नयाँ पार्टीका लागि भवन र जग्गा खोज्दै गरेको नेकपा एसका अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।