प्रधानमन्त्री पत्नी आरजु, पतिले जितेकै क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

काठमाडौँ, १३ कार्तिक । प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले कैलाली क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ निर्वाचन लड्ने भएकी छन्। नेपाली कांग्रेसको आज बसेको बैठकले उनलाई उम्मेदवारी दिने निर्णय गरेको हो।

निर्धारित क्षेत्र नम्बर ५ पहिले नम्बर ६ थियो जहाँ बाट प्रधानमन्त्री देउवा २००७ सालमा निर्वाचित भएका थिए।

कांग्रेसको आज बसेको छलफल महिला उम्मेदवारको बारेमा केन्द्रित थियो । छलफलमा केही महिला उम्मेदवारको क्षेत्र टुंगो लागेको छ भने केहीको लगाउन बाँकी रहेको छ।

अहिलेसम्म टुंगिएका निर्वाचन क्षेत्रमा आरजुबाहेक महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुर (२), सीता गुरुङ तेह्रथुम, अम्विका बस्नेत काठमाडौं (३)बाट उम्मेदवारी दिने निश्चित भएको छ ।
त्यस्तै केन्द्रीय सदस्यहरु ईश्वरी न्यौपाने र किरण यादवका विषयमा भने छलफल जारी छ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);