तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारे बजारमा बसपार्क बन्ने भएको छ ।
छथर गाउँपालिका र छिमेकी जिल्ला धनकुटा लगायतका स्थानबाट सवारीसाधन आवातजावत गर्ने केन्द्र रहेको शुक्रबारेमा बसपार्क निर्माण गर्न लागिएको हो ।
छथर गाउँपालिकाले बसपार्क निमार्णका लागि १५ लाख विनियोजन गरेर काम सुरु गरेको छ । तत्कालका लागि कच्ची बसपार्क रुपमा तयारी भइरहेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।
जग्गाको व्यवस्थापन भएपपछि बसपार्क सम्याउने काम सुरु भएको र डिपीआर तयारीको क्रममा रहेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।
बसपार्क निमार्णले सहज हुने आशा पलाएको स्थानीय उदयदीप सुब्बाको भनाइ छ ।