काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य ३ सय रुपैँयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य ९१ हजार ३ सय रुपैँया कायम भएको छ । मंगलबार सुनको मूल्य ९१ हजार ६ सय रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार बुधबार चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ । मंगलबार १ हजार २ सय रुपैँयामा कारोबार भएको चाँदी बुधबार १ हजार २ सय १० रुपैँया कायम भएको छ ।