लोकतान्त्रिक गठबन्धनप्रति कांग्रेस इमान्दार छैनः नेता सुमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८३, शुक्रबार

काठमाडौँ, १२ कार्तिक। राष्ट्रिय जनता पार्टीका महासचिव मनिष सुमनले लोकतान्त्रिक गठबन्धन बनाउन कांग्रेसले इमान्दारिता नदेखाएको बताएका छन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई गठबन्धनप्रति कुनै चासो नभएको र चनाबी तालमेल गर्नु पनि एउटा बाध्यता रहेको दाबी गरेका छन्।

तालमेलको नाममा कांग्रेसले आफुखुशी उम्मेदवार बनाएको र कार्यदलको बैठकमा पनि जिम्मेवारी बहन नगरेको उनको आरोप छ । तालमेल गर्नका लागि हैसियत अनुसार सिट बाँडफाँड गर्नुपर्ने उनको सुझाव छ।

साथै मधेसीको मागअनुसार संविधान संशोधन गर्ने प्रतिवद्धता कांग्रेसले गर्नु पर्ने नेता सुमनको भनाइ छ ।