उद्योगको प्रदुषणले सिंगो बस्ती जोखिममा (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उद्योगको प्रदुषणले सिंगो बस्ती जोखिममा (फोटो फिचर)

रेवती निरौला,
मोरङ । मोरङको सुन्दरहरैंचा नगरपालिका – ६ स्थित पूर्वाञ्चल कन्स्ट्रक्सन मेटेरियल इण्डस्ट्रिज प्रालिले कालोपत्रे सडक निर्माणमा प्रयोग गरिने असफलको उद्योग सञ्चालन गर्दा दुर्गन्ध र धुवाँ फैलिएर गाउँ नै प्रदुशीत भएको भन्दै स्थानीयबासी विरोधमा उत्रिएका छन् ।

सुरुमा ह्युमपाएप लगायत कंक्रिटका सामान मात्र उत्पादन गर्ने भनि सञ्चालन भएपनि पछि गएर अलकत्रा पोलेर असफल उत्पादन गरेको र त्यस्को प्रदुषणले गाउँमा दुर्घन्ध फैलाएको भन्दै उद्योग आसपासका स्थानीयबासी आन्दोलित बनेका हुन् । सोही विषयमा छलफल गर्न सुन्दरहरैंचा नगरपालिका – ६ को कार्यालय परिसरमा भेलाभएका स्थानीयबासीले तत्काल उद्योग बन्द गराउन माग गरेका छन् ।

स्थानिय चित्रकुमारी लिम्बुले भने : ‘सुरुमा सल्लाह नै नगरी बस्तिमा ल्याएर उद्योग सञ्चालन गरेको र उद्योगले प्रदुशण फैलाएको छ । उद्योगले अलकत्रा पोल्दा कालो धुवाँ गाउँभरी फैलिने भएकाले खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने र आँखा पोल्ने लगायतका समस्या देखिएर अस्पतालसम्म पुग्नु परेको स्थीती आएकाले उद्योग तत्कालबन्द गर्न माग गर्छौ ।’

उद्योग बन्द गर्न नहुने बरु प्रदुशण नहुने गरि सुधार गरेर सञ्चालन गर्नुपर्नेमा स्थानिय विकास तामाङ बताउँछन् ।

उद्योगका सञ्चालक शारदा प्रसाद ढकालले प्रदुशण नहुने गरि उद्योग सञ्चालन गर्न लागिपरेको भन्दै आवश्यक परिक्षण पश्चात समेत प्रदुशण हुने देखिएमा उद्योग बन्द गर्न आफु तयार रहेको बताए । उनले भने: ‘केहि समय कुर्नुस आवश्यक सुधारको लागि काम भैरहेको छ । भएन भने हामी उद्योगनै बन्द गरिदिउँला । स्थानियको हित बिपरित काम गर्दैनौं । ’

एकथरिले उद्योग सञ्चालनहुँदा स्थानीयलाई रोजगारीको अवसर आउने भन्दै प्रदुशण कम गराएर उद्योग सञ्चालन गर्न सकिने बताइरहँदा अर्काथरि स्थानीयले उद्योग बन्दहुनपर्ने माग गरेका छन् । यस विषयमा वडा कार्यालयले पटक पटक छलफल गराउँदा समेत सहमति जुट्न सकेको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);