काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ।
बैठक आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टी एकताको लागि आफुलाई तेस्रो धार बताउने नेताहरु पनि सहभागि हुने बताईएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो एमाले तेस्रो धारका नेताहरुसँग १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्वता व्यक्त गरेपछि आज स्थायी कमिटिको बैठक डाकिएको हो ।
एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गर्नु भएका नेता नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरुसँग सोमबार बालकोटमा भएको छलफलपछि ओली पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन तयार भएका हुन् ।
बैठकमा एमाले विभाजन हुनु अघि एकताका लागि आधार तयार गर्न गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति जुटाएको थियो । त्यही सहमति कार्यान्वयनमा लैजान ओली तयार भएपछि नेपालको साथ छोडेका नेताहरु संस्थापनमा फर्कन तयार देखिएको नेताहरुले प्रतिकृया दिएका छन् ।