वाम गठबन्धनले बिजुक्क्षेसहित १० क्षेत्रमा स्वतन्त्र र अन्य दललार्इ सघाउने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

काठमाडौं, १२ कार्तिक । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १० क्षेत्रमा अन्य दल र स्वतन्त्र उम्मेद्वारलाई सघाउने भएको छ। शनिबार बसेको वाम गठबन्धनको संयोजन समितिले सिट बाँडफाँड गर्दा १० क्षेत्रमा स्वतन्त्र र अन्य पार्टीलाई सघाउने निर्णयसहित अन्य क्षेत्रको भागबन्डा लगाएको हो।

भक्तपुरमा सबैभन्दा बलियो दल नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेलाई निर्वाचन क्षेत्र नम्बर १ मा सघाउने वाम गठबन्धनले निर्णय गरेको छ। यसअघि वाम र लोकतान्त्रिक गठबन्धन दुबैले एकता वा गठबन्धनमा आउन नेमकिपालाई प्रस्ताव लिएर गएपनि उसले अस्वीकार गरेको थियो।

हिजो शनिबार बसेको संयोजन समितिको बैठकले ११५ निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ। अब १३ क्षेत्रको मात्रै टुंगो लगाउन बाँकी रहेको छ। एमालेले ६८, माओवादी केन्द्रले ३६, स्वतन्त्र १० र राष्ट्रिय जनमोर्चाले एक सिट लिने सहमति संयोजन समितिमा भएको छ। पहिलो चरणमा एमालेले २१ र माओवादीले १६ सिट लिने सहमति गरेका थिए।

२१ मंसिरमा दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा निर्वाचन हुँदैछ। क्षेत्र बाँडफाँड टुंग्याएर प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाउने एमाले र माओवादी केन्द्रको तयारी छ। अहिले नेकपा एमोलको स्थायी कमिटीको बैठक उपाध्यक्ष बामदेव गौतमको निवास भैँसेपाटीमा बसिरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);