२४ घण्टामा २ हजार ७५ जना संक्रमित, ३० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

२४ घण्टामा २ हजार ७५ जना संक्रमित, ३० को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार ७५ परीक्षण हुँदा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ७ सय ३ पीसीआर परीक्षण मध्ये १ हजार ४ सय २४ संक्रमण र ५ हजार ३ सय ७२ एन्टिजेन परीक्षण गर्दा ६ सय ५१ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८२ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९ सय २५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३० संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा १० हजार ४ सय ८५ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हाल नेपालमा ३९ हजार ३ सय २१ सक्रिय संक्रमितहरु रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);