एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ४ सय ५७ मा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु भएको ३ सय ७५ सहित कुल चार लाख ३३ हजार ९ सय ६४ ले ज्यान गुमाईसकेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ३ सय ४७ संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ करोड १५ लाख ९७ हजार ९ सय ८२ पुगेको छ ।
भारतमा हाल सक्रिय संक्रमित ३ लाख ६१ हजार ३ सय ४० रहेको छ ।
भारत सरकारले हालसम्म ५७ करोड ६१ लाख १७ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरूद्धको खोप लगाईसकेको छ ।