एजेन्सी, १२ कार्तिक । ला लिगा अन्तगर्त गए राति भएको खेलमा एथ्लेटीक बिल्बाओलाई २–० ले हराउँदै बार्सिलोनाले शीर्षस्थानको पकडलाई थप मजबुत बनाएको छ ।
मेस्सीले पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। बिल्बाओ टोलीले थुप्रै पटक खेलमा जवाफ फर्काउन प्रयास गरेपनि बार्सिलोनाको गोलकिपर स्टेगेनले बार्साको अग्रता जोगाएका थिए ।
अरिज अडुरिचलाई वोन अन वोनमा रोक्दै पहिलो हाफमा बार्सिलोनालाई जोगाएका जर्मन गोलकोपर स्टेगेनले दोस्रो हाफमा पनि अडुरिचको हेड मार्फतको प्रयासलाई विफल पारेका थिए । रियलसँग सुपर कपमा पराजय भोगेयता उत्कृष्ट प्रदर्शन गरेका स्टेगेनले १३ खेल यता सिजनको १० औं क्लिन सिट हात पारेका हुन् ।
खेलको इन्जुरी समयमा पौलिन्होले बार्सिलोनाका लागि एक गोल गर्दै २ गोलको जित दिलाएका थिए।
जितसँगै बार्सिलोनाको १० खेलमा २८ अंक छ भने भ्यालेन्सियाले अलाभेसलाई हराएको भ्यालेन्सिया दोस्रो स्थानमा २४ अंकको साथमा दोस्रो स्थानमा छ ।
२० अंक सहित तेस्रो स्थानमा रहेको रियलले आज गिरोनाको सामना गर्दैछ ।