महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम 'लोकतान्त्रिक समाजवादी पार्टी' | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी’

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम फेरिएको छ । अब पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि ठाकुर पक्षले निर्वाचन आयोगमा जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएको थियो ।

सर्वोच्चको फागुन २३ को फैसलाले अयोगमा दर्ता रहेको दलको नाम र चुनाव चिन्हसँग मिल्दो-जुल्दो दल दर्ता गर्न नमिल्ने भनेर फैसला गरेका कारण आयोगमा एमाले समाजवादी दर्ता गर्न नमिल्ने बताएपछि ठाकुर पक्षले पनि नाम परिवर्तन गरेको हो ।

नयाँ पार्टीमा ३१ जनाको कार्यकारिणी समिति सदस्य रहेका छन् भने वरिष्ठ नेतामा शरतसिंह भण्डारीको नाम पनि थप गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);