काठमाडौं । आजदेखि काठमाडौंमा कक्षा ११ र १२ का विद्यार्थीले कोरोना संक्रमण विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा पाउने भएका छन् ।
१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका परीक्षार्थीहरूलाई खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।
त्यसैगरी आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो मात्रा दिइने भएको छ । खोप अभियान आजदेखि ६ गतेसम्म सञ्चालन हुनेछ ।