त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा यात्रुको चाप, यात्रुबाहेकका आफन्तजनलाई रोक लगाएको भएपनि भिडभाड घट्न सकेन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा यात्रुको चाप, यात्रुबाहेकका आफन्तजनलाई रोक लगाएको भएपनि भिडभाड घट्न सकेन

काठमाडाैं । कोरोना संक्रमण न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त बिदाइ तथा स्वागत गर्न रोक लगाइएपनि भिडभाड घट्न सकेको छैन ।

गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुबाहेकका आफन्तजनलाई विमानस्थल आउजाउमा रोक लगाएको भएपनि नियमितभन्दा पनि बढी भिडभाड घट्न नसकेको हो ।

एकजनाका लागि २०औं जना आफन्त विदाइ गर्न पुगेकाले विमानस्थलको अवस्था अस्तव्यस्त छ ।

विमानस्थलमा प्रवेश गर्दा शरीरको तापक्रम नापेर मात्रै टर्मिनल भवनमा प्रवेश, सेनीटाइजर अनिवार्य प्रयोग गर्न, लाईनमा लाग्दा भिडभाड नगरी तोकिएको मार्किङ र सांकेतिक पाइला पछ्याउन र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न आग्रह गरेपनि लापरवाही रोकिएको छैन ।

सुरक्षा चेकजाँच तथा बोर्डिङ पास लिने बेलामा जथाभावी भीड भएका कारण यात्रु विमानस्थलमै संक्रमण सर्नसक्ने त्रास छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);