२ सांसदलाई पदमुक्त गर्न माग गर्दै लुम्बिनी संसदमा एमाललेको अवरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

२ सांसदलाई पदमुक्त गर्न माग गर्दै लुम्बिनी संसदमा एमाललेको अवरोध

बिमल क्षेत्री,

रुपन्देही । लुम्बिनी प्रदेशमा प्रतिपक्ष दल नेकपा एमालेले आफ्ना २ सांसदलाई पार्टीले कारबाही गरेकोले तत्काल सांसदबाट पदमुक्त गर्न मागगर्दै मंगलबार देखि सुरु भएको नवौं अधिवेशनको पहिलो बैठक अवरोध गरेको छ ।

कारबाही गरेको पत्र प्रदेशसभामा सभामुखलाई पढेर नसुनाए सम्म संसदलाई सञ्चालन गर्न नदिने विपक्षी एमाले ले रणनीति बनाएको छ । गठबन्धनको सरकारले भने आफु सत्तामा भए ठिक बाहिर हुँदा बेठिक भन्ने सिद्धान्तमा नेकपा एमाले लागेको आरोप लागएको छ ।

लुम्बिनी प्रदेशसभाको नवौँ अधिवेशन मंगलबार देखि सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेको थियो । सांसद अजय बहादुर शाही र विमला वलीको बिषयमा निर्णय लिन दवाव दिँदै एमालेले बैठकमा अवरोध गरेको हो । दिउँसो १ बजेको लागि डाकिएको बैठक विवादका कारण साढे दुई बजे सुरु भएको थियो ।

नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले २ सांसदलाई गरिएको कारबाही प्रदेशसभामा सभामुखलाई पत्र पढेर सुनाउन आग्रह गरे । तर बैठकमा सभामुखले प्रकृया अगाडी बढाएर प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाउँदै बुधवार १ बजेसम्म स्थगित गरेका छन् ।

नेकपा एमालले सूर्य चिन्ह लिएर निर्वाचित अजय शाही र विमला ओलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेश सभा सचिवालयलाई मंगलबार विहाननै पत्राचार गरेको थियो । र २ सांसदलाई पदमुक्त नगर्दा सम्म संसद चल्न नदिने चेतावनी दिएको छ ।

सत्तापक्षले भने सबै पक्षलाई समेटेर सरकार अघि बढ्ने योजनामा रहेको प्रतिकृया दिएको छ । अधिवेशनको पहिलो दिनमै संसद अबरुद्ध गरेर संसदीय प्रक्रिया विपरित प्रतिपक्ष देखिएको सरकारको टिप्पणी छ ।

बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले सम्वोधन गर्नेदेखि विभिन्न विधेयक पेश गर्ने कार्यसूची रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);