अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि प्रभावकारी कदम चाल्न दाहालद्धारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि प्रभावकारी कदम चाल्न दाहालद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागि अविलम्ब प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष दाहालले सोमबार सामाजिक सञ्जालमार्फत् अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति आफ्नो र आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यस्तो आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र उद्धार भन्दै त्यसमा अविलम्ब प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

साथै दाहालले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि आफ्नो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहर र सहयोग हुने पनि जानकारी गराएका छन् ।

उनले लेखेका छन्–‘हाल दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम प्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यस आपातकालीन अवश्थामा सर्वाधिक महत्वको कुरा त्यहॉ रहेका नेपालीहरुको सुरक्षा र ऊद्दार हो, परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् ।

यसका लागि मेरो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पुर्ण पहल र सहयोग हुने पनि जानकारी गराउँदछु।’

अफगानिस्तानमा तालिबानीले मुख्य शहरहरु कब्जा गर्न थाल्दा नै त्यहाँ रहेका नेपालीहरुको उद्धारका लागि सांसदहरुले माग गर्दै आएको भएपनि हालसम्म सरकारले उद्धार गर्न नसकेका भन्दै सरकारको चर्को आलोचना भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);