राजा ज्ञानेन्द्रप्रति मेरो सम्मान अझै बढेको छ : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

राजा ज्ञानेन्द्रप्रति मेरो सम्मान अझै बढेको छ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र प्रति आफ्नो सम्मान अझै बढेको बताएका छन् ।

आफगानिस्तानमा विद्रोही समूह तालिबानले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेको घटना देखेर अध्यक्ष थापाको पूर्व राजा शाहप्रति झनै सम्मान बढेको बताएका हुन् ।

२०६३ सालमा राजतन्त्रको अन्त्य गरिए पनि राजा देश छोडेर नगई देश मै बसेको जनताको सेवामा सपर्मित भएको उनले उल्लेख गरेका छन् । राजाको यस्तो निर्णय दुरदर्शी भएको उनको तर्क छ ।

उनले राजा र राष्ट्रपतिबीचको फरक यही रहेको पनि उल्लेख गरेका छन् । थापाले सामाजिक सञ्जालमा लेखेका छन्–‘‘तालिबानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राज ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ ।

२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दुरदर्शी छ । राजा र राष्ट्रपतिबीचको फरक पनि यही हो ।’’

पछिल्लो केही दिन यता अफगानिस्तानको मुख्य मुख्य शहरहरु कब्जा गर्दै आएको तालिबानले आइतबार काबुल प्रवेश गरेर राष्ट्रपति भवनमा कब्जा गर्दै सत्तामा आफ्नो कब्जा जमाएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);