अफगानिस्तामा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन राप्रपाको माग | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

अफगानिस्तामा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन राप्रपाको माग

काठमाडौं । अफगानिस्तामा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन राष्ट्रिय जनता पार्टी नेपालले माग गरेको छ ।

यो पनि पढ्नुहोस

baburam bhattarai
बिना कुनै बहानाबाजी अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन बाबुराम भट्टराईको माग

राप्रपाले आइतबार एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरुक्षाको व्यवस्था गर्त सरकारसँग माग गरेको हो । तालिबानी विद्रोहीहरुको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ते खतरा बढ्दै गएकोे उल्लेख गर्दै त्यहाँ रहेका नेपालीहरुको सुरक्षाबारे राप्रपाले चिन्ता पनि व्यक्त गरेको छ ।

यसका साथै ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरुको हाल जारी रहेको संघर्षप्रति ऐक्यवद्धता जनाउँदै राप्रपाले उनीहरुको माग पूरा गर्न बेलायती सरकारसँग आग्रह समेत गरेको छ ।

ब्रिटिश गोर्खाका पूर्व सैनिकहरुले न्याय र समानताको माग राखेर लामो समयदेखि संघर्ष गर्दै आएका उनीहरुको माग पूरा गर्न सशक्त कुटनीतिक प्रयासको निम्ति राप्रपाले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);