अहंकारी प्रवृत्तिले जनविश्वास कायम राख्न सकेनौं : माधवकुमार नेपाल | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

अहंकारी प्रवृत्तिले जनविश्वास कायम राख्न सकेनौं : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले कम्युनिष्ट अप्ठ्यारो पर्दा पिठ्युँ फर्काएर भाग्न नहुने बताएका छन्।

काठमाडौंमा शनिबार आयोजित ‘कम्युनिष्ट आन्दोलनमा अवसरवाद’ विचार गोष्ठीमा बोल्दै यस्तो बताएका हुन् । उनले अवसर र चुनौती सँगसँगै आउने भएकाले पिठ्युँ फर्काएर हिड्नु नपर्ने बताए ।

नेता नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहरे नबस्ने पनि बताएका छन् । उनले उपाध्यक्ष गौतमजस्तो अपमान सहेर नबसी पार्टी भित्र देखिएको गलत प्रवृतिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएका हुन् । उनले भने–‘वामदेव कमरेडजस्तो अपमान भएर, अपमानित भएर त्यसपछि भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुने? न रुन सकिने न हाँस्न सकिने? त्यो अवस्थामा कोही पनि नपरुन् ।’

साथै नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीतिर इंगित गर्दै अहंकार र व्यक्तिवादले जनविश्वास कायम राख्न नसकेको जिकिर गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);