एजेन्सी । तीव्ररुपमा अफगानिस्तानका प्रमुख सहरहरु कब्जा गर्नेक्रममा विद्रोही समूह तालिवान राजधानी काबुल नजिक पुगेको छ ।
देशका ३४ मध्ये १९ वटा प्रान्तीय राजधानी कब्जा गरि सकेको दावी गरिरहेको तालीवान राजधानी काबुलबाट मात्र ५० किलोमिटर टाढा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
राजधानी काबुलको सीमामा रहेको लोगरको प्रान्तीय राजधानी फूल–ए–आलममा पनि आफ्नो लडाकुहरु प्रवेश गरेको तालिवानको दाबी छ । यो काबुलबाट मात्र ५० किलोमिटरको दुरीमा रहेको छ ।
शुक्रबार मात्र तालिवानले कान्धार र र लश्कर गाह नियन्त्रणमा लिएको छ । तालीवान नजिक रहेको समाचारले काबुलमा खैलाबैला मच्चिएको छ । राष्ट्रपति असरफ घानीको राजिनामाको चर्चा परिचर्चा भइरहँदा उहाँ तालिवानसँग लड्ने पक्षमा दृढ रहेको समाचार सार्वजनिक भएका छन् ।
राष्ट्रपति घानीले राष्ट्रिय सुरक्षाको उच्च स्तरीय बैठकमा राजीनामाको हल्ला निराधार रहेको भन्दै तालिबानलाई पराजित गर्ने बताएको समाचार छ ।
तालिवानले शुक्रबारसम्म १९ प्रान्त र त्यसको राजधानी कब्जा गरिसकेको छ ।
यसैबीच अमेरिका र बेलायतले आफ्नो दूतावासबाट कर्मचारीको संख्या कम गर्ने बताइसकेका छन् ।