काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।
केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको हो ।
आज सञ्चालक समितिमा मौद्रिक नीति पेस गर्ने र त्यसपछि सार्वजनिक गर्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ ।
कोरोनाका कारण प्रभावित भएका ऋणीलाई विशेष सुविधासहित मौद्रिक नीति आउने अनुमान छ । कोरोनो महामारीले शिथिल अर्थतन्त्रलाई गएको वर्षको मौद्रिक नीतिले ठूलो राहत दिएको थियो ।
यो वर्ष पनि मौद्रिक सहुलियत र सुविधा अपेक्षा गरिएको छ । तर, गएको वर्षको जस्तो यसपालि धेरै सुविधा नआउने सम्भावना छ । गएको आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो ।
तर, चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि मौद्रिक नीति ल्याउन ढिलो भएको हो ।