झापा ११ कात्तिक । बिर्तामोडमा प्रहरीको गोली लागेर मृत्यु भएका अर्जुनधारा-११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
शनिबार इलाका प्रहरी कार्यालय, अनारमनीमा बसेको राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो ।
नगरपालिका र जिल्ला समन्वय समितिले किरिया खर्च स्वरुप २५-२५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । मृतक परिवारका सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने सहमति भएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानेपछि उनको स्थानमा जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी जितेन्द्र बस्नेतलाई विर्तामोडमा खटाइएको छ।




