एजेन्सी । अफगान सरकारी वार्ता सदस्यहरुले देशमा भएको हिंसा अन्त्यका लागि तालिबानलाई सत्ता साझेदार सम्झौताको प्रस्ताव गरेका छन् ।
कतारमा सरकारी वार्ता स्रोतले बिहीबार एएफपीलाई जानकारी गराएअनुसार तालिवान आक्रमण अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो । सरकारले कतारको मध्यस्थतामा एक प्रस्तावसमेत पेश गरेको छ ।
प्रस्तावले देशमा हिंसा रोक्न, शान्ति स्थापना गर्न तालिबानलाई सत्ता सहकार्यका लागि आह्वान गरेको छ । यसैबीच रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने गजनी प्रान्तको प्रान्तीय राजधानी शहर तालिवानले नियन्त्रणमा लिएको छ ।
तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरु शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ ।