काठमाडाैं । संस्थापन पक्षले पार्टी संगठनमा व्यापक हेरफेर हुने गरी विधान संशोधन प्रस्ताव पारित गरेपछि एमाले एकताको प्रयास ‘धराप’मा परेको छ ।
अध्यक्ष केपीशर्मा ओलीले सोमबार स्थायी र केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित गराएर वरिष्ठ नेता माधवकुमार नेपाल बिनै पार्टी चलाउने संकेत गरेपछि एकता टाढाको विषय भएको टिप्पणी हुन थालेको छ ।