संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन लगाउनु पर्ने विमला राई पौड्यालको माग | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन लगाउनु पर्ने विमला राई पौड्यालको माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग गरेकी छन् ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले संक्रमणकालीन न्यायलाई छिटो टुंगो लगाउनुपर्ने बताएकी हुन् ।

बृहत शान्ति सम्झौता भएको र नयाँ संविधान बनेको पनि लामो समय भइसक्दा पनि द्धन्दपीडितले न्याय नपाएको र पीडकको पहिचान सम्म हुन नसकेको भन्दै राजनीतिक दलले गरेको प्रतिवद्धता पूरा गर्न नसकेको आरोप लगाइन् । उनले संक्रमणकालीन न्याय नटुंगिए शान्ति प्रक्रिया नै पूरा नहुने भएकाले आगामी चुनाव सम्ममा संक्रमणकालीन न्यायलाई टुंग्याउन माग गरिन् ।

पौड्यालले बृहत शान्ति सम्झौतापछि द्धन्दरत पक्ष नै पटक पटक सरकार सञ्चालनमा पुगेको भएपनि यस विषयलाई टुंगोमा पु¥याउन नसकेको बताइन् । राजनीतिक दलले चाहेमा तुरुन्तै गर्न सकिने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);