स्वास्थ्य मन्त्रालयसँग ६ बुँदे सहमतिपछि बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी काममा फर्किए | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

स्वास्थ्य मन्त्रालयसँग ६ बुँदे सहमतिपछि बीपी प्रतिष्ठानका स्वास्थ्यकर्मी काममा फर्किए

धरान । स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग छ बुँदे सहमति भएपछी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्यकर्मीहरु काममा फर्किएका छन् ।



स्वास्थ्य मन्त्रालयले गठन गरेको स्वास्थ्य सेवा विभागका निर्देशक डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा भएको वार्तामा छ बुँदे सहमति भएपछि आन्दोलनरत स्वास्थ्यकर्मीहरु बुधवारबाट काममा फर्किएका हुन् ।

मन्त्रालयको टोलीसँग प्रधानमन्त्रीलाई बुझाइएको कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वय गर्ने, प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक डा. गौरीशंकर साहलाई पदीय आचरण विपरित काम गरेकाले बर्खास्त गर्नका लागि प्रक्रिया अगाडि बढाउने, प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्दा मापदण्ड सहितको कार्यविधि बनाई योग्य व्यक्तिहरुलाई नियुक्ति गर्नुपर्ने सहमति भएको छ ।

बीपी प्रतिष्ठान शुद्धीकरण अभियान आन्दोलन संघर्ष समितिका अनुसार प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा लगाएको तालाबाहेकका आन्दोलनका कार्यक्रम फिर्ता गरी बुधवारदेखि नियमित काममा फर्किने सहमति भएको छ ।

सहमति पश्चात ५१ दिनदेखि आन्दोलन गरिरहेका चिकित्सक, नर्स र कर्मचारीहरु नियमित काममा फर्किएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);