माधव नेपाल पक्षले आजका लागि आह्वान गरेको केन्द्रीय कमिटीको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८१, आइतबार

माधव नेपाल पक्षले आजका लागि आह्वान गरेको केन्द्रीय कमिटीको बैठक स्थगित

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आजका लागि आह्वान गरेको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांकेवेटमा बस्ने तय भएको बैठक बिहीबारसम्मका लागि स्थगित भएको हो । बैठकका लागि आवश्यक तयारी नपुगेको र केही नेताहरु काठमाडौं बाहिर रहेकोले स्थगित गर्नुपरेको नेताहरुले बताएका छन् ।

पार्टीभित्रको विवाद समाधानको लागि निर्णायक मोडमा पुगेपछि नेता नेपालले आगामी रणनीति तय गर्नका लागि बैठक बोलाएको बुझिएको छ ।

एकताका लागि नेता नेपालले संसदको पूरा कार्यकाल सुनिश्चितता, जुनसुकै निर्णयमा अध्यक्ष ओलीसहित आफ्नो पनि हस्ताक्षर हुनुपर्ने लगायतका शर्त राख्दै आएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);