अघिल्लो सरकारको जनविरोधी कामहरुलाई खारेजी गर्नुपर्ने सांसद झाँक्रीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अघिल्लो सरकारको जनविरोधी कामहरुलाई खारेजी गर्नुपर्ने सांसद झाँक्रीको माग

काठमाडौं । सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले विगतको सरकारले गरेको जनविरोधी कामहरुलाई खारेजी गर्नुपर्ने बताएकी छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै झाँक्रीले यस्तो बताएकी हुन् ।

सांसद झाँक्रीले भनिन् – सरकारले संविधानलाई ट्रयाकमा राख्न र लोकतन्त्रलाई सही बाटोमा हिडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ति सरकारले गरेका जनविरोधी कामहरुलाई खारेज गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ । यसको एउटा राम्रो उदाहरण हो, झापाको गिरिबन्धु टि स्टेट गार्डेनको हदबन्दीभन्दा बढी जग्गा विक्रि गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णयलाई तत्काल खारेज गर्नुपर्छ भनेर झापाबाट एउटा प्रतिनिधि मण्डलपनि आएको छ । यसतर्फ सरकारको म ध्यानाकर्षण गराउन चाहान्छु ।

सांसद झाँक्रीले वर्तमान सरकारको संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिडाउने दायित्व रहेको पनि बताईन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);