काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री देउवाले मंगलबार अपरान्ह बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बैठक बस्न लागेको हो । हाल मन्त्रिपरिषद्मा हाल प्रधानमन्त्री सहित ५ मन्त्री मात्र रहेका छन् ।
देउवाले प्रधानमन्त्रीको सपथ ग्रहण गरेको ३ हप्ता बित्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै चर्को आलोचना भईरहेको छ ।