काठमाडौँ, १० कार्तिक । स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने वा नगर्ने भन्नेबारे स्पेनको क्षेत्रीय सरकार क्याटलोनियामा थप विभाजन हुने संकेतहरु देखिएका छन्। क्याटलन नेता कार्लेस पुजमोनले उपयुक्त कदमहरुको खुलासा नगरी सांसदहरुलाई त्यसबारे निर्णय गर्न आह्वान गरेपछि यो विवाद शुरु भएको हो। शुक्रबार स्पेनको सिनेटले क्याटलोनियाको स्वायत्त शक्ति कटौती ठानिएको छ।
मड्रिड र बार्सिलोनामा हुन लागेका दुई महत्वपूर्ण मतदानका कारण यो विवाद आज शुक्रबार थप चर्किने देखिएको छ। क्याटलोनियाको स्वतन्त्रतासम्बन्धी भएको जनमत संग्रहपछि यी विवादहरु देखापरेका हुन्। उक्त जनमत संग्रहलाई स्पेनको संवैधानिक अदालतले गैरकानुनी घोषणा गरेको थियो। अक्टोबर १ मा भएको मतदानपछि पुजमोनले स्वतन्त्रता घोषणा गरेका थिए।
तर तत्कालै उनले उक्त घोषणा कार्यान्वयन नगरी वार्ताका लागि आह्वान गरे। स्वायत्त क्षेत्र क्याटलोनियाको शक्ति कटौती गर्ने केन्द्र सरकारको योजनालाई स्पेनको सिनेटले अनुमोदन गर्न लागेको बीबीसीले जनाएको छ।