पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ भतौडा इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीले २७ किलो ग्राम लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले विशेष सुचनाको आधारमा गाउँपालिकाको वडा नम्बर, ४ भतौडा निवासी बसुदेव माझीलाई २७ किलो ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।
२७ किलो ग्राम लागूऔषध गाँजासहित पक्राउ परेका माझीलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखी थप अनुसन्धान भै रहेको प्रहरी निरीक्षक थापाले बताएका छन् ।