तालिबानको आक्रमण बढेपछि अफगानिस्तानमा निषेधाज्ञा, देशभरका ३१ राज्यमा रात्रिकालिन कर्फ्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

तालिबानको आक्रमण बढेपछि अफगानिस्तानमा निषेधाज्ञा, देशभरका ३१ राज्यमा रात्रिकालिन कर्फ्यु

एजेन्सी । तालिबानको आक्रमण बढेपछि अफगानिस्तानमा निषेधाज्ञा गरिएको छ ।

हिंसा रोक्न र तालिबानले कब्जा गरेका ठाउँलाई नियन्त्रणमा लिन रातमा निषेधाज्ञा लगाइएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको हो ।

३४ प्रान्तमध्ये ३१ प्रान्तमा भने राति १० बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु नै जारी गरिएको छ । तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने धेरैजसो जिल्लामा कब्जा गरेको छ ।

हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुलसहित देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु लागू भएको अफगानिस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ता अहमद जिया जियालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकी सेना फिर्ता तयारीसँगै तालिबान समूहले देशभर हिंसाका घटना बढाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);