अमेरिकाले अफगानीस्तानका नागरिकलाई आठ हजार थप विशेष आप्रवासी भिसा दिने | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

अमेरिकाले अफगानीस्तानका नागरिकलाई आठ हजार थप विशेष आप्रवासी भिसा दिने

एजेन्सी । अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले अफगानीस्तानका नागरिकलाई आठ हजार थप विशेष आप्रवासी भिसा दिने सरकारको प्रस्तावलाई अनुमोदन गरेको छ ।

अफगानिस्तानको युद्धमा अमेरिकी सेनासँग काम गर्ने दोभाषे, ठेकेदार र अन्य कमजोर अफगानी नागरिकसमेतलाई लक्षित गरी थप भिषाको प्रस्ताव अनुमोदन गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकामा अफगानिस्तान द्वन्द्वका क्रममा नेटो सेनासँग काम गर्ने वा सहयोग गर्ने दुई हजार ५०० अफगानीहरूले असुरक्षाको कारण देखाउँदै अमेरिकामा शरण दिन निवेदन परेपछि यो निर्णय आएको हो। त्यस्तै १० हजार अफगानीले तेस्रो मुलुक वा समुद्रपार सैनिक शिविरमा बस्ने व्यवस्था गरिदिन निवेदन दिइएको छ ।

ह्वाइट हाउसले भर्जिनियाको फोर्ट ली सैन्य अड्डामा सुरक्षा जाँच पूरा गरिसकेको ७ सय ५० आवेदक र उनीहरूका परिवारका सदस्यहरूलाई विशेष आप्रवासी भिसा मार्फत शरण दिने योजना बनाएको छ भने अन्य चार हजार आवेदकहरूलाई सुरक्षित तेस्रो देशमा राख्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);