देउवा जनादेशकै प्रधानमन्त्री हुन् : सांसद रमेशजंग रायमाझी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

देउवा जनादेशकै प्रधानमन्त्री हुन् : सांसद रमेशजंग रायमाझी

काठमाडौं । राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री शेरबहादुर देउवा जनादेशकै प्रधानमन्त्री भएको दाबी गरेका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य रायमाझीले प्रधानमन्त्री देउवा प्रतिनिधि सभाको विश्वास पाएका जनादेशको प्रधानमन्त्री भएको दाबी गरेका हुन् ।

एक सय ४ जना सांसदले समर्थनमा हस्ताक्षर गरेर अदालतमा गएपछि सर्वोच्चले प्रधानमन्त्री बनाउने परमादेश जारी गरेको उल्लेख गर्दै उनले पुनस्र्थापित प्रतिनिधि सभाका एक सय ६५ जना सदस्यले विश्वासको मत दिएसँगै सरकार जनादेशको बनेको उल्लेख गरे । परमादेश भनेकै जनादेश भएको उनको तर्क छ ।

उनले भने – ‘यो परमादेश भनेको जनादेश नै हो । सर्वोच्चले परमादेश जारी गरेकोमा १६५ जना माननीयको समर्थन भयो । सर्वोच्च अदालतले गरेको निर्णय सही रहेछ भन्न प्रमाणित भयो नि । त्यसकारण म यहाँबाट ती पाँचजना श्रीमानहरुलाई स्यालुट गर्न चाहान्छु, जसले संविधान बचायो । जसले यो मुलुकको कानूनलाई, संसदलाई बचायो स्यालुट गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

रायमाझीले प्रधानमन्त्री देउवालाई संवैधानिक व्यवस्था अनुरुप राष्ट्रपतिले नियुक्त गरेको पनि स्मरण गराए । प्रधानमन्त्रीको शपथग्रहणपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाईसम्म नदिएको भन्दै उनले राष्ट्रपतिको व्यवहार खेदजनक रहेको टिप्पणी गरे । ओली नेतृत्वको सरकारले नागरिकको हक हितमा काम नगरी केवल यति होल्डिङ्सलाई बलियो बनाउने काम गरेको पनि उनले बताए । ओली नेतृत्वको सरकार आफ्नै कुकर्म र अकर्मण्यताका कारण ढलेको उनको तर्क छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);