सर्लाही । सर्लाहीमा पोखरीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।
हरिपुर नगरपालिका वडा नं ४ हरैया बस्ने ३० वर्षीय भरकुर माझीको सार्वजनिक पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उनी मंगलबार राति ८ बजेदेखि नै बेपत्ता थिए। पोखरीमा डुबेर बेपत्ता भएको भन्ने खबर पाएपछि प्रहरीको टोली खटिएको थियो।
सो टोलीले बुधबार बिहान साढे १० बजे शव फेला पारेको हो।